१२ पुष, काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् ।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद् भवनमा संघीय संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
हिजो बसेको मन्त्री परिषदको बैठकले संघीय संसदको अधिवेशन आब्हान गर्न राष्ट्रपति समक्ष सिफारीस गरेको थियो ।