Logo

१६ पुष, चितवन । भरतपुरमा रहेको रेस बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । आज सम्पन्न साधारण सभाले आफ्ना शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।

बार्षिक साधारण सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष गोविन्द देवकोटाले विश्व भरि फैलिएको कोविड– १९ र रुस र युक्रेन बिच चलेको युद्धका कारण विश्वभरी आर्थिक मन्दी देखापरेको अवस्थामा त्यसको प्रभाव नेपालका वित्तिय क्षेत्रमा समेत देखा परेको बताए ।

बैंक तथा वितिय संस्थाहरुमा तरलता देखिदा ती संस्थाहरुले अहिले लगानी गर्न नसक्ने अवस्थामा पुगेको देवकोटाले बताए । उनले तरलताको असर सहकारी संस्थाहरुमा समेत देखिएको र आर्थिक मन्दी कै कारणले सहकारी संस्थाहरुमा बचत विस्तारै घट्दै जादा लगानी योग्य रकममा कमी भएकोले पछिल्लो पटक संस्थाले चाहेजस्तो सदस्यहरुमा लगानी गर्न नसकेको बताए ।

अध्यक्ष देवकोटाले व्यवस्थापकिय क्षमता कमजोर भएका केही सहकारीको कार्य सम्पादनमा देखिएको बेथिती तथा विकृतिका कारण सिंगो सहकारी आन्दोलनमाथि नै प्रश्न उठ्न खोजेकोले यसमा सहज रहन शेयर सदस्यहरुलाई अपिल गरेका थिए ।

अहिले बचत सहकारी संस्थाहरुको बारेमा विभिन्न सञ्चार माध्यममा नकारात्मक तथा भ्रमपुर्ण समाचार आउँदा राम्रो काम गरेका सहकारी संस्थाहरुलाई समेत अप्ठारो बनाइरहेको अध्यक्ष देवकोटाको भनाई थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष बिष्णु महतोले विश्वभर देखिएको आर्थिक मन्दीले अप्ठारोमा परेको वित्तिय क्षेत्रलाई उकास्न सम्पूर्ण शेयरसदस्यले आफूसँग भएको बचतलाई आफ्नो संस्थामा जम्मा गर्न आग्रह गरेका थिए । उनले भरतपुरका केही सहकारी संस्था संकटग्रस्त अवस्थामा पुगेको र सस्थामा सुशासन राम्रो नहुँदा र सदस्यहरुले समय समयमा निगरानी नगर्दा संस्थाहरु संकटमा पर्नेभएकोले त्यस तर्फ ध्यान दिन शेयरसदस्यहरुलाई सुझाब दिएका थिए ।

२०६६ साल असार १७ गतेबाट रेस बचत तथा ऋण सहकारीले कारोबार शुरु गरेको थियो । संस्था स्थापनाकालमा ४५ लाख शेयर पुँजी र २९ लाख वचत बाट कारोवार शुरु गरेको रेस वचत तथा ऋण सहकारी संस्थाको आर्थिक बर्ष २०७८÷०७९ को असार मसान्त सम्ममा १ करोड १३ लाख ८७ हजार ६ सय शेयर पुँजी रहेको छ । संस्थाले हाल सम्म ८ करोड ८९ लाख ६७ हजार २ सय ३१ ऋण लगानी तथा ९ करोड २९ लाख १३ हजार ६ सय ७२ बचत रहेको संस्थाका सचिव शिव प्रसाद तिवारीले जानकारी गराए ।

भरतपुर महानगरपालिक वडा नं. ६ चोकबजारमा संस्थाको आफ्नै घडेरीमा भवन निर्माण गरी रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेड्ले आफ्नो सेवा निरन्तर दिदै आएको र हाल भरतपुर महानगरपालिकका कुल २९ वडा मध्ये १४ वटा वडा (२, ३, ४, ५, ६, १०, १३, १४, १५, २०, २१, २२, २३ र २४) संस्थाको कार्य क्षेत्र रहेको सचिव तिवारीले बताए ।

संस्थामा २०७९ असार मसान्त सम्म ९६२ जन शेयर सदस्य रहेको छन् । सदस्यहरुको व्यवसायिक तथा सामाजिक आवश्यकताहरु पुरा गर्ने अभिप्रायले कर्जा लगानीका विविध शिर्षक अन्तरगत उत्पादन मूलक तथा गैर उत्पादनमूलक क्षेत्रमा यस वर्षमा रु ८ करोड ८९ लाख ६७ हजार २ सय ३१ रुपियाँ कर्जा लगानी गरेको संस्थाका कोषाध्यक्ष गिरिधारी पौडेलले बताए । उनका अनुसार गत बर्षको तुलनामा यस बर्ष करीव रु १ करोड ७५ लाख ३०५ ले कर्जा लगानी वृदि भएको छ ।

संस्थाले आर्थिक बर्ष २०७८÷०७९ मा गरेको आम्दानीका विभिन्न माध्यम मध्ये कर्जाको व्याज आम्दानी बाट रु १ करोड ३१ लाख ९२ हजार ९४२ रुपियाँ तथा अन्य आम्दानीबाट १२ लाख १५ हजार ७ रुपियाँ र रेमिट आम्दानी.७४ हजार २७ रुपियाँ गरि जम्मा रु १ करोड ४४ हजार ८१ हजार ९७६ रुपियाँ आम्दानी गर्न सफल भएको कोषाध्यक्ष पौडेलले बताए ।

संस्थाले आर्थिक बर्षको अन्त सम्म कूल कारोबार रु ११ करोड ७४ लाख ३६ हजार ८ सय रुपियाँ गर्न सफल भएका छ र गत बर्षको तुलानामा करीव १ करोड ५६ लाख ४९ हजार २५३ ले कुल कारोवारमा बृद्धि भएको रेस बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति संयोजक होमनाथ अधिकारीले जानकारी दिए ।

संस्थामा कारोबार गर्ने असल ऋणी र बचत कर्ताहरुलाई समेत सम्मान गरिएको थियो । जेष्ठ नागरिक बचतकर्ताबाट झपड वहादुर भण्डारी, जयलाल देवकोटा र धनपति देवकोटा सम्मानीत भएका छन् । सर्बोकृष्ट बचतकर्ताको रुपमा भरतपुर निवासी कुन्तीदेवी तिमिल्सीनालाई सम्मान गरिएको छ । विभिन्न विधामा ३५ जनालाई पुरस्कृत र सम्मान गरिएको छ ।

संकटको घडिमा संस्थालाई बचाएर शेयर सदस्यको विश्वास जित्न महत्पूर्ण योगदान पुराएकोमा संस्थाका व्यवस्थापक परशुराम देवकोटालाई सम्मान गरिएको छ । त्यसै संस्थामा स्थापनाकाल देखि काम गर्दै आएकी बजार प्रतिनिधि कृष्णकुमारी तिवारी र सृजना गुरुङलाई समेत सम्मान गरिएको छ । तिवारी र गुरुङले घरायसी समस्या देखाउदै केही महिना अघिमात्र संस्थाबाट राजीनामा दिएका थिए ।


सम्बन्धित समाचार