Logo

१८ पुष,काठमाडौं । मेक्सिकोको एक कारागारमा बन्दुकधारी समूहले आक्रमण गर्दा १४ जना कैदीबन्दीको मृत्यु भएको छ ।

सीमवर्ती शहर जुआरेजमा रहेको कारागारमा बख्तरबन्द गाडीमा आएका बन्दुकधारीहरुको कारागार सुरक्षामा खटिएका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरी कारागारभित्र प्रवेश गरी कैदीमाथि आक्रमण गरेका हुन् ।

मृत्यु हुनेमा १० सुरक्षाकर्मी र ४ कैदी रहेका छन् । घटनामा १३ जना घाइते भएका छन् । आक्रमण भए लगत्तै २४ कैदीबन्दी भागेका छन् । फरार भएका आक्रमणकारीहरुको परिचय नखुलेको जनाइएको छ ।


सम्बन्धित समाचार