Logo

१८ पुष, वीरगञ्ज । नेपाली काग्रेँसको ४७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज सम्पन्न भएको छ । बिरगन्जस्थित नगर सभा गृह (टाउन हल) मा सो कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली काग्रेँस जिल्ला कार्य समिती पर्साको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा पार्टीले चियापान कार्यक्रमको समेत आयोजना गरेको हो ।

नेपाली काग्रेँस पर्साका जिल्ला सभापति रामनारायण कुर्मीको अध्यक्षतामा सम्पन्न चियापान कार्यक्रममा प्रतिनिधि सभा सदस्य रमेश रिजाल, अजय चौरसिया, मधेश प्रदेश महामन्त्री बृहस्पति श्रेष्ठ, पूर्वमन्त्री ओम प्रकाश शर्मा, काग्रेँस नेता एवम् उद्योगी अनिल रुङटा लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार