Logo

१८ पुस, काठमाडौं । प्यालेस्टाइनी स्रोतका अनुसार इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा गरेको गोलीबारीमा दुई जनाको मृत्यु भएको छ । दुवै पक्षबाट गोली हानाहान भएको समाचारमा जनाइएको छ ।

रिपोर्टका अनुसार इजरायली सेनालाई जेनिन सहरमा रहेको एउटा घर भत्काउन पठाइएको थियो। यो घर आर्मी अफिसरको हत्या गरेको आरोप लागेका व्यक्तिको हो। यो कुरा सेप्टेम्बरको हो ।

इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा घर भत्काइएको पुष्टी भए पनि जनधनको क्षतिबारे भने कुनै जानकारी दिइएको छैन । गत वर्ष वेस्ट बैंकका लागि दशकहरूमा सबैभन्दा खराब थियो। त्यहाँ १५० प्यालेस्टिनी र १२ इजरायली मारिए।


सम्बन्धित समाचार