Logo

१८ पुस, बारा । राजनितीक बहकावमा लागेर ब्यवसायीक सटर भाडा नतिरेका जीतपुरका ब्यवसायीहरुले आज देखि सटर भाडा तिर्न सुरु गरेका छन् । बिगत करिब ४ बर्ष देखि भाडा नतिरेका ब्यवसायीहरुले आज देखि तिर्न सुरु गरेका हुन ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले बारम्बार ब्यवसायीहरुको घरदैलोमा गई सटर भाडाको यर्थाथताको बिषयमा बुझाएका थिए । जीतपुरका एक फलफुल ब्यवसायी

बिरेन्द्र सहनीले चार वटा सटरको ५ लाख ४६ हजार ८ सय २१ रुपैया एक मुष्ट रकम बुझाएको जितपु्सिमरा उपमहानगरपालिकाले जनाएको छ ।

आर्थिक बर्ष २०७६/०७७ देखि २०७९/०८० को चैत्र मसान्तसम्मको ४५ महिनाको सटर भाडा रकम सहनीले तिरेको राजश्व शाखा प्रमुख राम अधिकारीले जानकारी दिएका छन । एकमुष्ट रकम तिर्दा उपमहानगरपालिकाले तिर्नुपर्ने भाडामा ५ प्रतिशत छुट दिएको उनले बताए ।

उपमहानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला अधिकारीले संयुक्त रुपमा एक मुष्ट ब्यवसायीक सटर भाडा तिर्ने सहनीलाई खाँदा र अबिर लगाई सम्मान गरेका छन् । भाडा तिर्ने सहनीले आफुहरुलाई सुरुवाती काल देखि नै भाडा तिर्न ईच्छा हुँदाहुँदै भाडाको नाममा गलत राजनिती गर्नेहरु रोक्दै आएको बताए ।

उपमहानगरपालिकाको सम्पत्ती प्रयोग गरिसकेपछि भाडा तिर्नुपर्ने आफुहरुको कर्तब्य भएकाले आफुले भाडा तिरेको सहनीको भनाई थियोे । जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो मातहतमा रहेको सटर भाडाको रकम बढाएको भन्दै करिब ४ बर्ष देखि ब्यवसायीहरुले रकम नतिरी बसेका थिए ।

उपमहानगरपालिकाले जीतपुर बजार क्षेत्रभित्र रहेका डबल सटरको ३ हजार ९ सय ९५ रुपैया ,सिङ्गल सटर बाहिरको ३ हजार ५५ रुपैया र भित्री सिङ्गल सटरको रु २ हजार ५ सय ५० रुपैया निर्धारण गरेको छ । जीतपुरको गदरी बजारमा १०१ वटा ,मिना बजारमा ३३ वटा र सिमरामा २८ वटा सटर भाडाहरु रहेका छन् ।


सम्बन्धित समाचार