Logo

२० पुष, काठमाडौँ । वीरगञ्ज भंसार कार्यालयका प्रमुख नवराज ढुङ्गाना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा नियुक्त भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पुष १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका सहसचिव ढुङ्गानालाई निजी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सहसचिवमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय दलित आयोग, महालेखा नियन्त्रकको कार्यालय र वीरगन्ज भन्सारमा काम गरेका ढुङ्गाना वीरगन्ज भन्सारमा रहँदा कृषि औजार कारखानाको सञ्चालक समितिको अध्यक्षसमेत भई काम गरेका थिए ।

यसअघि उपसचिव बस्दै आएकोमा प्रधानमन्त्रीको निजी सचिवालय प्रभावकारी बनाउन भन्दै सहसचिवलाई राखिएको सचिवालय स्रोतले बतायो । मन्त्रीहरूको निजी सचिव पनि उपसचिव र प्रधानमन्त्रीको पनि उपसचिव नै हुँदा कता कता नमिलेकोले सहसचिव राख्दा ठिकै भएको ती स्रोतको भनाई छ ।

मन्त्री तथा प्रधानमन्त्रीको निवासमा स्वकीय र मन्त्रालय तथा कार्यालयमा निजी सचिवालय रहने व्यवस्था छ ।

यसैगरी सचिवालय अधिकृतमा मोहदत्त अधिकारी आएका छन् ।


सम्बन्धित समाचार