Logo

२० पुष,पोखरिया। पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीमा गण्डक सिंचाइ योजनामा खटिएका कर्मचारीहरूको लापरवाहीले २० औं बिघा जग्गामा लगाइएको गहुँबाली नोक्सान हुने भएको छ ।

मसिहानीको ब्लक नं २ आरडी १७ मा सिंचाइले तीनजना कर्मचारी परिचालन गरेको छ । अस्ती सोमवार राति कुनै पनि कर्मचारी डिउटीमा नखटिएको कारण गण्डक नहरमा छाडिएको पानी ओभरफ्लो भएर किसानहरूको खेतमा पुगेको हो ।

गण्डकमा पानी छोड्दा पानीको मात्रा हेरेर नहरको क्यानल खोल्ने, बन्द गर्नका लागि कर्मचारीहरू खटाईएको हुन्छ । उक्त दिन एक जना पनि कर्मचारी डिउटीमा नहुँदा नहरमा छाडिएको पानी ओभरफ्लो भई किसानहरूको गहुँबालीमा पुगेर पानी जमेको हो ।

गहुँ छरेको २१ दिनपछि सिंचाइ गरेको खेतमा पानी जमेपछि गहुँबालीमा नोक्सान पु¥याएको स्थानीय किसान शशिभूषण मुखियाले बताउनुभयो । उहाँले नहरबाट आएको पानीले २० औं बिघा खेतमा पानी जमेर बाली नोक्सान हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।


सम्बन्धित समाचार