Logo

२१ पुष,काठमाडौं। सरकारको न्युनतम नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन आज कार्यदलको बैठक बस्दैछ। दिउँसो एक बजे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको बैठक बस्दैछ।

बैठकले सकेसम्म आजै साझा कार्यक्रमलाई अन्तिम रुप दिने छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिनु अगाडि नै सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने गरी दलहरु सक्रिय छन्।

कार्यदलका सदस्य राप्रपा महामन्त्री धवल समशेर राणाले आज बैठक बसेर सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने जानकारी दिए। एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको छ।

कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राप्रपा महामन्त्री धवलसमशेर राणालगायत सदस्य छन्।


सम्बन्धित समाचार