Logo

२१ पुष, वीरगञ्ज । पोखरियाको विभिन्न स्थानबाट पोलमा सिधै हुकिङ गरी विद्युत् चुहावट गर्ने ८ जनालाई विद्युत चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको छ ।

नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोली, ईलाका प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पोलमा सिधै हुकिङ्ग गरी विद्युत् प्रयोग गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

सो टोलीले विद्युत् चोरी गरी प्रयोग भएका १ थान मोटर बरामद गरेको विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले जनाएको छ । पक्राउ परेका ८ जना उपर विद्युत् ऐन अनुसार कारबाही प्रकृया अगाडी बढाइएको पोखरिया वितरण केन्द्रले जनाएको छ ।


सम्बन्धित समाचार