Logo

२१ पुष, वीरगञ्ज । विरगन्ज महानगरपालिका–१० आर्दशनगरस्थित संन्जय साईको ३५ औँ जन्मोत्सवको अवसरमा आज २ सय थान कम्बल वितरण गरिएको छ । ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत कम्बल वितरण गरेको हो ।सन्जय साई सेवा तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र र ग्रिन सिटी प्रहरी सेवा केन्द्र आर्दशनगर १० को सयुतआयोजनामा न्यानो बाडिँएको हो ।

ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगरको कोषाध्यक्ष ज्योती रुगंटाको आर्थिक सहयोग सो अभियान सन्चालन गरिएको थियो ।बढ्दै गरेको चिसोबाट विपन्न परिवारलाइ बचाँउन न्यानो बाडिँएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।

ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रमा ६० थान र अन्य स्थानमा १४० थान गरी २ सय थान कम्बल वितरण गरेको अध्यक्ष खेतानले जानकारी दिनुभयो ।साथै कम्बल वितरण पश्चात सडकमा दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले स्पिड ब्रेकर समेत लगाइएको थियो । अभियानमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल प्रहरी, सामाजिक कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार