Logo

२१ पुष,काठमाडौँ । नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक बालकको ज्यान गएको छ । दादुरा सङ्क्रमणबाट ३१ महिनाका बालकको ज्यान गएको हो ।बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको नेपालगञ्ज उप–महानगरपालिकाले जनाएको छ ।

अहिले नेपालगञ्जका ५, ७, ८, १०, १५ र २२ गरी ७ वडामा दादुराको सङ्क्रमण देखिएको छ । नेपालगञ्जमा अहिलेसम्म दादुरा सङ्क्रमण हुने सङ्ख्या २८ पुगेको उपमहानगरले जनाएको छ । दादुरा सङ्क्रमण देखिएका प्रायजसो बालबालिकामा सम्पूर्ण खोप नलगाएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । बालबालिकालाई १३ प्रकारका खोप लगाइन्छ ।

तीमध्ये दादुराको खोप ९ महिना र १५ महिनामा लगाउने गरिन्छ ।पहिलो पटक लगाउने डीपीटी खोपले बालबालिकामा ज्वरो आउने भएकाले त्यसपछिका खोप अभिभावक डराएर छुट्ने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सङ्क्रमित बालबालिकामा पहिलो खोप लगाए पनि दोश्रो मात्रा छुटेको पाइएको छ ।उप–महानगरपालिकाले दादुरा नियन्त्रणका लागि अभियान चलाउने भएको छ । १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराको खोप दिने उप–महानगरको तयारी छ ।


सम्बन्धित समाचार