Logo

२१ पुस, वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तव विगत एक महिनादेखि सम्र्पक विहिन हुँदा स्वास्थ चौकीमा औषधीको अभाव देखिएको भन्दै स्थानीवासी आक्रोसित भएका छन् ।

स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा औषधीको अभाव देखिएको छ । प्रमुख प्रशसकिय अधिकृत कार्यालयमा उपस्थित नभएकोले औषधी खरिद प्रक्रिया रोकिएको गाउँपालिकाले जनाएको छ ।

बढ्दै गरेको चिसोका कारण बिरामीको सङख्यामा समेत वृद्धि भएतापनि पालिकाको स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरुमा सामान्य प्रकारको औषधी समेत उपलब्ध नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । स्वास्थ्य सस्थांहरुमा सामान्य औषधी समेत नरहदाँ बिरामीहरु उपचार सेवा नपाई रित्तै हात फर्कन बाध्य भएका छन् ।

सामान्य प्रकारको औषधी समेत पालिकास्थित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा नहुदाँ सेवाग्राहीहरुको आफूले गाली खानु परेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा औषधि खरिद प्रक्रिया पुरा नभएकोले स्वास्थ्य सस्थांहरुलाई औषधी उपल्बध गराउन नसकिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सुवर्ण–४ हर्दिया टोलमा रहेको बर्थिङ सेन्टरका स्वास्थ्य शाखा प्रमुख सुजित यादवले पालिकामा रुघाखोकी, ज्वरो लागेको, हातखुट्टा काटेको, लगायतका बिरामीहरु समेत आउने गरेका बताए । उनले स्वास्थ्य चौकीमा आउने सेवाग्राहीका लागि सामान्य प्रकारको औषधी पनि उपलब्ध नहुदाँ प्रत्येक दिन सम्झाईबुझाई फर्काउनु परेको बताए ।

गाउँपालिका अन्र्तगत रहेका हरेक स्वास्थ्य चौकी र बर्थिङ सेन्टरमा अहिले सामान्य प्रकारको औषधीको चरम अभाव भएको छ । चारैतर्फबाट गुनासो आएसगैँ औषधी खरिदका लागि ठेक्का आव्हान समेत गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख डा. सुरेन्द्र साहले जानकारी दिए ।

प्रमुख प्रशासकिय अधिकृत नभएकोेले विगत एक महिना देखि ठेक्काको अन्तिम प्रकृया अवरुद्ध हुनपुगेकोले औषधी खरिद गर्न नसकिएको उनको भनाई छ । ‘टेण्डर खोलेको १६ गते हो तर श्रीवास्तव १५ गतेपछि कार्यालय आएका छैनन्, उनले भने “टेण्डरको मूल्याङकन गर्नुपर्ने हो, प्रमुख प्रशासकिय अधिकृत नभएपछि अहिलेसम्म मूल्याङकन हुन सकेको छैन ।”

कार्यालय प्रमुख नभएसम्म मूल्याङकन गर्न मिल्दैन उनले भने बारम्बार अर्को प्रमुखको माग गरी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छौ तर कुनै सुनुवाई भएन ।

यता गाउँपालिका अध्यक्ष राजेश यादवले पनि श्रीवास्तव महिनौदेखि कुनै जानकारी विना सम्पर्क विहिन रहँदा सेवाग्राहीको पटकपटक गुनासो आएसगैँ गाउपालिकामा बसेको प्रतिक्रिया दिए । श्रीवास्तव सम्पर्क विहिन रहँदा पालिकामा औषधीको अभावदेखि प्रशासकिय कामकाजमा समेत प्रभाव परेको गाउँपालिका अध्यक्ष यादवले बताए ।


सम्बन्धित समाचार