Logo

२४ पुस, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका भरत चोकमा आयोजित रक्तदान कार्यक्रममा एक जना तेस्रो लिङ्गीले पनि रक्तदान गरेका छन ।

जन जागरण युवा क्लबको २५ औँ बार्षिकोत्सवकोे अवसरमा आयोजित रक्तदान कार्यक्रममा जिया राना मगरले रक्तदान गरेका हुन । जियाले योसँगै चारपटक रक्तदान गरिसकेका छन । तेस्रोलिङगी समुदायका मानिसले छिटपुट रुपमा मात्रै रक्तदान गर्ने गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जले जनाएको छ ।

शारिरिक सौन्र्दयतामा बढी ध्यान दिने र त्यसका लागि विभिन्न खालका औषधी प्रयोग गर्ने भएकोले उनीहरुले रक्तदानमा सक्रियता नदेखाउने गरेको रक्तसंचार केन्द्रले जनाएको छ ।

वर्षमा ३/४ जना मात्रै तेस्रोलिंगी समुदायका मानिसले रक्तदान गर्ने गरेको रक्तसन्चार केन्द्र वीरगन्जका सौरभराज पाण्डेले जानकारी दिए । कार्यक्रममा ३ जना महिला सहित ५३ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेहरुमा निभा सिहं, मन्जु सुवेदी, सुमित्रा रानी लगायत रहेका छन् । जुनसुकै लिंगका व्यक्ति भएपनि १८ वर्ष उमेर पुगेका स्वस्थ्य व्यक्तिले रक्तदान गर्न सक्छन् ।

रक्तसञ्चार केन्द्र वीरगञ्जले तेस्रोलिंगी समुदायको पनि रक्तदानमा सहभागिता बढाउन सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा छ रक्त संचार केन्द्रका प्रमुख पाण्डेको । सो कार्यक्रममा रक्तसन्चार केन्द्र वीरगञ्जले प्राविधिक सहयोग गरेका थिए ।


सम्बन्धित समाचार