Logo

२४ पुस, वीरगञ्ज । नयाँ सरकार बने पनि सीमा क्षेत्रमा हुने अवैध चोरी पैठारी अझै नियन्त्रण नभएको व्यवसायीहरुले बताएका छन् । बारा, पर्साका विभिन्न सीमा नाकाहरुको प्रयोग गरेर भइरहेको चोरी पैठारी नियन्त्रणमा गर्न नसक्दा प्रहरीले राजमार्गमा चेकजाँचमा ठूलो परिणाममा मालसमान बरामद गर्दै आइरहेको छ ।

पछिल्लो पटक प्रहरीले वीरगञ्जका मुख्य भंसारनाकाबाट आएको मालसामान चोकिङको क्रममा बरामद हुने गरेको दावी प्रहरीको छ । यसरी प्रहरीले नियन्त्रणमा लिएका मालको मूल्य कायमगरी कार्वाहीको लागि वीरगञ्ज भंसार र राजश्व अनुसन्धानको कार्यालय पथलैया बुझाउने गरेको प्रहरी नायव उपरिक्षक दीपक गिरीले बताए ।

गृह मन्त्रीमा रवी लामिछाने आएपछि सीमा क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रणमा आउने अपेक्षा गरिएको थियो । तर वीरगञ्जको मुल नाका भएर हुने अवैध पैठारी नरोकिएको प्रहरीले जनाएको छ । भंसारकर्मचारीको संलग्नतामा विलविजक मिलाएर हुने कारोबार नरोकिए सम्म अवैध व्यापार नियन्त्रणमा आउन नसक्ने सुरक्षा अधिकारी बताउछन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजकभन्दा बढि ३० लाख मूल्य बराबरको सामानहरु लोड भएको ट्रक नियन्त्रणमा लिएको छ । ना ६ ख ४७५६ नम्बरको ट्रक वीरगन्ज महानगरपालिका–१६ नगवा स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो ।

आल्मुनियम, नरिवल तथा बदाम लोड रहेकोे ट्रक बरामद गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी दिपक गिरीले जानकारी दिए  ।

बाराबाट प्रहरीले भन्सार छलि भित्र्याउदै गरेको दश हजार मूल्य बराबरको अवैध सामान सहित मोटरसाइकल बरामद गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका–१ स्थित ढाट टोलबाट सो मूल्य बराबरको सामान आज बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ अवैध रुपले ल्याईरहेको अवस्थामा प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले बरामद गरेको थियो । प्रहरीले ना. ४३ प ४५४२ नम्बरको मोटरसाइकल सहित दश हजार मूल्य बराबरको मिठ्ठा र जुनेली बरामद गरेको हो ।

प्रहरीको गस्ती टोलीलाई देख्नासाथ मोटरसाईकल चालक भाग्न सफल भएको प्रहरीले जनाएको छ । बरामद सामाग्री तथा मोटरसाइकल भने ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बारा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी राजेश थापाले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय बाराका प्रहरी नायब निरिक्षक माधव पुडासैनीको कमाण्डमा खटिएको चेकिङ टोलीले करिब सात लाख मूल्य बराबरको सामान बरामद गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित सडकखण्डबाट सो सामान बरामद गरेको हो ।

ईटहरीबाट काठमाण्डौँ तर्फ जादैँ गरेको प्र–३–००१ ख १८०७ नम्बरको बसबाट प्रहरीले एघार कार्टुन औषधीे तथा ४६ पिस क्यामेरा नियन्त्रणमा लिएको हो । बिल बिजक भन्दा बढि रहेको हुनाले सो सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

बरामद एघार कार्टुन औषधीको पाँच लाख र क्यामेराको २ लाख ४ हजार ७ सय गरि दुवैको जम्मा ७ लाख ४ हजार ७ सय मूल्य कायम गरि थप कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बारामा ल्याईएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार