Logo

२५पुष, वीरगञ्ज । मलेसियामा केही दिनदेखि बन्धक बनाइएका नेपालीहरूलाई उद्धार गर्न सरकारले पहल थालेको छ। मलेसिया पुगेका १९ जना नेपाली बन्धक भएका खबर सार्वजनिक भएको थियो। गोरखाका पाँच जनासहित १९ जना नेपाली कामदार मलेसिलयामा बन्धक बनाइएका छन्।

गोरखाका पाँच बाहेक उदयपुरका १ जना, सप्तरीका १ जना, मकवानपुरका ७ जना, रौतहटका ३ जना, भोजपुर र बैतडीका १÷१ जना छन्। बन्धक भएका युवाहरू तत्काल रिहाइको माग गर्दै सामाजिक सञ्जालमा हारगुहार गरिरहेका छन्।

रोजगारीका क्रममा गत भदौ २३ गते मलेसिलया पुगेका उनीहरू ८ दिनदेखि बन्धक अवस्थामा छन्।

प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयले मलेसियामा रहेका नेपालीको अवस्था बुझ्न र उनीहरूलाई उद्धार गर्न पहल गरेको हो।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकोले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्य सचिवमार्फत् निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।


सम्बन्धित समाचार