Logo

२६पुष, बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रिका लागि ठेक्का नलगाउने भएको छ । बारम्बार नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रिको ठेक्का बिवादमा परेपछि पालिका स्वयंले उत्खनन तथा बिक्रि गर्न लागेको हो ।

उपमहानगरपालिकाले कार्यबिधि बनाएर कर्मचारी मार्फत ढुङ्गा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि गर्ने तयारी थालेको छ । त्यसका लागि नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा पुस २२ गते बसेको छैठो नगर कार्यपालिका बैठकले नगर उप प्रमुख भोला प्रसाद अधिकारीको संयोजत्वमा १४ सदस्सीय कार्यदल समेत गठन गरेको छ ।

कार्यदलललाई १५ दिन भित्र राय सहितको प्रतिवेदन कार्यपालिकामा पेस गर्न भनिएको छ । कार्यदलले पेश गरेको प्रतिवेदनको आधारमा कार्यविधि बनाई नगर सभाबाट पारित गरेपछि काम शुरु हुने जीतपुरसिमरा उपमहानगरपालिकाको राजश्व ब्यवस्थापन शाखा प्रमुख अधिकृत राम शर्माले जानकारी दिनुभयो ।

जीतपुरसिमराले विगतमा नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि ठेक्का लगाएको भएपनि करोडौं रकम बक्यौता छ । पालिका भित्र पर्ने खोला तथा नदीबाट नदिजन्य पदार्थ निकाल्नका लागि वार्षिक ५ करोड देखि १४ करोडसम्म ठेक्का लाग्ने गरेको छ ।

पुस २३ गते निर्धारण गरिएको नगर सभा तयारी पुरा नभएको भन्दै स्थगित गरिएको छ । कतिपय नगर सभा सदस्यहरुले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि कार्यबिधि पारित गराउँनलाई नगर सभा स्थगीत गरिएको बताउँने गरेका छन् ।

 


सम्बन्धित समाचार