Logo

२६पुष, वीरगञ्ज । बारामा मलको कालोबजारी गर्ने एक पसल संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।बारा प्रहरीले मलको कालोबजारी गर्ने बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसर बस्ने उमेश कुमार साहलाई पक्राउ गरेको हो ।

सरकारले तोकेको मुल्य भन्दा बढी मुल्य लिएर मल बिक्री गरिरहेको सूचनाको आधारमा उमेशले सन्चाल्न गरेको श्री राम स्टोर्स किटनाशक पसलमा प्रहरीले छापामारी गरेको थियोे ।

सो क्रममा प्रहरीले पसल बाट १ सय २३ बोरा मल बरामद गरेको बाराका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।साथै पसलमा सिलबन्दी गरि मल सहित साहलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय बाराबाट पहिलो पटक ५ दिनको म्याद थप गराइ आवश्यक कारवाही अघि बढाइएको प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए ।


सम्बन्धित समाचार