Logo

२६ पुस, बिरुवागुठि पर्सा । पर्सागढि नगरपालिका वडा न ३ स्थित जनता माध्यमिक बिद्यालय पकडिया बडनिहारमा भइरहेको विकृती विसंगती तथा आर्थिक अनियमितताको विरुद्धमा आज सार्वजनिक रुपमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालयका संस्थापक ब्रमदेव महतो थारुको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बिधार्थी, अभिभावक, बुद्धिजिबि, समाजसेबि लगायतको सहभागी रहेको थियो ।

बिद्यालयले अभिभावक भेला नराखेपछि स्थानीय युवाहरुको सक्रियतामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा बिद्यार्थीहरुले बिद्यालयमा नियमित रुपमा पठनपाठन नभएको, समयमा पाठयपुस्तक समेत बिद्यालयले नदिएको कारण विद्यार्थीहरुको ठनपाठनमा समस्या भएको बताए ।

यता अभिभावक अरुण प्रकाश रेग्मीले बिद्यालयमा चरम लापरबाही तथा आर्थिक अनियमितता हुँदा समेत बिद्यालय ब्यवस्थापन समिति मुखर्दशक भएको र अन्तरक्रिया कार्यक्रममा ब्यवस्थापन समिति, जनप्रतिनिधि र बिद्यालयको प्रध्यानाध्यापक मोहन प्रसाद चौधरी उपस्थिति नभएकोले बिद्यालयमा भएको कमिकमजोरी सुन्न नचाहेको बताए ।

अर्का अभिभावक शम्भु पटेल ले बिद्यालयमा भएको विकृती र विसंगती बिरुद्ध बिद्यालय व्यवस्थापन समितिलाई अभिभावक भेला राख्न बारम्बार भनिएता पनि बिद्यालयले अभिभावक भेला नराखेकोले बाध्यभएर स्थानीय युवाहरुको सक्रियतामा बजारको सेटमा खुला भेला राखिएको बताए ।

कार्यक्रममा अभिभावक हरु सोममाया तमाङ्ग , बिरेन्द्र चौधरी , बलराम आचार्य , जगरनाथ तिवारी , बिमला बस्नेत लगायत बिधार्थी हरुले मनतब्य राखेका थियो ।

खुलारुपमा संचालन भएको भेलाले अरुण प्रकाश चौधरीको संयोजकत्वमा नौ सदस्यीय बिद्यालय सुधार सघर्ष समिति गठन गरेको छ । सो समितिमा शम्भू प्रसाद राउत, गज बहादुर लामा, जगरनाथ तिवारी, बलिराम उपाध्या, राजेस कुमार साह, पार्बती रेग्मी, बिमला बस्नेत, कल्पना पौडेल सदस्य रहेका छन ।

साथै भेलाबाट सम्बन्धित निकायहरुमा ज्ञापनपत्रसमेत बुझाउने निर्णय भएको छ ।


सम्बन्धित समाचार