Logo

२८ पुस, काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैदको फैसला गरेको छ ।

नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धनका लागि पाठकले न्यौपानेसँग घुस लिएको सार्वजनिक भएको थियो । सो मुद्दामा पाठक र न्यौपाने दुबैलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

पाठक अख्तियारको आयुक्त भएर पनि घुस लिएकाले उनलाई थप ३ महिना कैद सजायको फैसला भएको उनले बताए ।


सम्बन्धित समाचार