Logo

फाइल फोटो

२८ पुस, वीरगञ्ज । भारत लगायत तेश्रो मूलुकबाट आउने व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्ने उदेश्यका साथ वीरगञ्ज नाकामा खटिएको स्वास्थयकर्मीहरुले बिगत पाँच महिनादेखि तलब पाएका छैनन । वीरगञ्ज नाकामा खटिएका १३ जना स्वास्थयकर्मीहरु मध्ये ११ जनाले बितेको पाँच महिनादेखि प्रदेश सरकारले रकम नपठाएको कारण तलव खान नपाएका हुन ।

डव्लुएचओको इन्टरनेशनल रेगुलेशन अनुसार वीरगञ्ज सहित नेपालका १३ वटा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ । उनीहरुलाई भारत लगायत तेश्रो मूलुकबाट आउने व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्ने उदेश्यका साथ नियुक्ती गरिएको हो । कोभिडको समयमा विशेष कोरोना परिक्षणमा ध्यान दिनेगरेको भएपनि विभिन्न माध्यमबाट संक्रमण हुने रोगका वारेमा निगरानी गर्ने जिम्मेवारी हेल्थ डेक्सको रहेको इन्चार्ज महतोले बताई ।

उनीहरु नाकामा कोरोना परिक्षण गर्नको लागि निरन्तर रुपमा जोखिम मोलेर खटिदै आएको भएपनि तलब नै पाउन नसकेका हुन । आर्थिक बर्ष शुरु भएपछि बितेको साउन महिनादेखि नै कोरोना परिक्षणको लागि खटिएका आफुसहित ११ जनाले तलब पाउन नसकेको नाकामा खटिएको स्वास्थयकर्मीहरुकी ईन्चार्ज रहेकी डा.अनिशा महतोले बताईन ।

पाँच महिनादेखि तलब नपाउदा आफुहरुलाई आर्थिक समस्याले सताएको उनले बताईन । स्वास्थय मन्त्रालय अन्र्तगत सरुवा रोग नियन्त्रण महाशाखाबाट मधेस प्रदेश सरकारलाई नाकामा खटिएका स्वास्थयकर्मीहरुको तलब पठाई दिएको छ । तर प्रदेश सरकारले वीरगञ्ज महानगरपालिकालाई स्वास्थयकर्मीको तलब नपठाएका कारणले आफुहरुको तलब पाँच महिनादेखि रोकिएको डा. महतोको भनाई छ ।

साउन महिनादेखि तलब नपाउदा धुवाधुलो र अहिलेको चिसोमा वीरगञ्ज रक्सौल नाकामा दिनरात खटिरहेका स्वास्थयकर्मीलाई तलब उपल्बध गराई दिनको लागि कसैले हालसम्म पहल नगरेको त्यहाँ खटिएका स्वास्थयकर्मीहरुको भनाई छ ।

आफुहरुले तलब नपाउनुमा मधेस प्रदेश सरकारको समाजिक बिकाश मन्त्रालयको लापारवाही भएको स्वास्थयकर्मीको गुनासो छ । यता प्रदेश सरकारको समाजिक बिकाश मन्त्रालयका प्रबक्ता डा.मुक्ति नारायण साहले भने वीरगञ्ज नाकामा खटिएका स्वास्थयकर्मीहरुको तलब स्वास्थय निर्देशनालय सपही धनुषामा पठाइएको जानकारी दिए ।

उनले स्वास्थय निर्देशनालयबाट नै वीरगञ्ज महानगरपालिकालाई रकम पठाउने भएकोले मन्त्रालयबाट निर्देशनालयमा तलब बापतको रकम पहिले नै गईसकेको बताए ।

यता वीरगञ्ज महानगरपालिकाका आर्थिक प्रशासन महाशाखाका प्रमुख रुपनारायण राउतले संघिय सरकारले स्वास्थ्यकर्मीको तलव समयमा नपठाएको कारण गत साउन र भदौको महानगरको आन्तरिक स्रोतबाट सोधभर्नागरी तलव खुवाएको बताए । उनले यो आर्थिक बर्ष लागेपछि महानगरपालिकाको खातामा कुनै रकम नआएको बताए ।

अघिल्लो बर्ष सम्म सिधै संघीय सरकारबाट आउने थियो तर यो आर्थिक बर्षबाट प्रदेश सरकार मार्फत आउने भएकोले ढिलो भएको राउतको भनाई थियो । उनले १३ स्वास्थ्यकर्मीको तलव बापत पाउँनुपर्ने करिव ४९ लाख रुपियाँ माग गरेर प्रदेश सरकारलाई पत्राचार गरेको बताए । उनीहरुको तलवको सुनिश्चिता नभएकोले म्याद थपमा समेत समस्या आएको महाशाखा प्रमुख राउतको भनाई थियो ।


सम्बन्धित समाचार