Logo

२९ पुस, जनकपुरधाम । मधेश प्रदेश माओवादी केन्द्र संसदीय दलको नेतामा भरत प्रसाद साह चयन भएका छन् ।

दलका नेताको लागि आज चुनाव भएको थियो । भरत ६ मत पाउँदै संसदीय दलको नेता चुनिए । अर्का प्रत्यासी युवराज प्रसाद भट्टराईले ३ मत पाए । मधेश प्रदेश सभामा माओवादी केन्द्रका ९ सांसद छन् ।

भरत साह यख अघि पनि नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता थिए । माओवादी केन्द्रका महासचिव देव गुरुङ र मधेस प्रदेशका इन्चार्ज गणेश शाहले छलफलगरेर सम्र्मत गराउने प्रयास असफल भएपछि निर्वाचन भएको हो ।


सम्बन्धित समाचार