२९ पुस, जनकपुरधाम । कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले ३ वटा निजि विद्यालयलाई २४ घण्टे स्पष्टिकरण सोधेका छन ।
उपमहानगरपालिकाको निर्णय विपरित विद्यालय सन्चालन गरेकाले उपमहानगरपालिका अन्तर संचालनमा रहेका ३ वटा नीजि विद्यालयसँग स्पष्टिकरण सोधिएको हो ।
कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले कलैयमा संचालनमा रहेका संस्थागत विद्यालयको छड्के अनुगमन गरेका थिए ।
नगर प्रमुख साह सहित सरोकारवाला पक्ष समेतको सहभागीतामा अनुगमन गर्न पुगेको टोलीले विद्यालयलाई कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
मधेशमा शितलहर शुरु भएपछि अधिकांश स्थानीय तहले विद्यालय केही दिनका लागि बन्द गरेका छन । कलैया उपमहानगरपालिकाले गरेको आग्रहलाई केही संस्थागत विद्यालयले अटेर गरेको देखिएकोले उपमहानगरपालिकाले स्पष्टीकरण सोधेको हो ।
नगर प्रमुख सहितको टोलीले कलैया भित्र रहेका ८ विद्यालयमा पुगेकोमा ५ वटा विद्यालय बन्द अवस्थामा रहेको तर तीन वटा विद्यालयले जाडोको समयमा पनि पढनपाठन संचालन गरेको देखिएकोले स्पष्टीकण सोधिएको शिक्षा शाखाका अधिकृत विजय अधिकारीले बताए ।
उपमहानगरपालिकाले कलैयामा रहेका सोना एकेडेमी, शान्ति निकेतन र ज्ञानदीप इंलिस बोडिङ्ग स्कुललाई तीन दिन भित्र जवाफ पेश गर्न भनिएको छ । अनुगमनका क्रममा तीनवटा विद्यालय मात्र संचालन भएको देखिएको अधिकारीले बताए ।