Logo

३० पुस,पर्सागढी । पर्साकोे पर्सागढी नगरपालिकाको कार्यालय हरपुरले आज एक कार्यक्रमकाबिच वडा नं. १ देखि ९ सम्मका नागरिकका लागि न्यानो सिरक पठाएको छ ।

बढ्दो चिसो तथा अत्याधिक शितलहरबाट राहत पुगोस भन्ने उद्देश्यले प्रत्येक वडाका प्रतिनिधि मार्फत ९५ थान फाईबरको सिरक पठाएकोे हो । पर्सागढि नगरपालिकाको नगरप्रमुख गोकर्ण पाठकका अनुसार नगरमा रहेका गरिब, दलित, विपन्न तथा पिछडिएका वर्गका मानिसहरुका लागि १ हजार थान फाईबरको सिरक आजबाट निष्पक्ष रुपले वितरण गर्न पठाइएको जानकारी दिनुभयो ।

प्रत्येक वडामा ९५ थानको दरले सिरक वितरण गर्न भनिएको मेयर पाठकको भनाई थियो । कार्यक्रममा पर्सागढि नगरपालिका कार्यालय स्वास्थ्य शाखा प्रमुख नारायण पौडेल, जिन्सी शाखा प्रमुख उमेश साह लगायत जनप्रतिनिधि तथा वडाका सचिवहरुको उपस्थिति रहेकोे थियो ।

 


सम्बन्धित समाचार