Logo

१ माघ, वीरगञ्ज । पर्साको पर्सागढिमा आज तेस्रो पर्सागढि माघी खिचडी महोत्सव सम्पन्न भएको छ ।

थारु कल्याणकारी सभा नगर मुल समारोह समिति पर्सागढिको आयोजना तथा पर्सागढि नगरपालिका कार्यालयको सहयोगमा आदिबासी थारुहरुको महान पर्व तथा नयाँ बर्ष थारु संबत २६४७ को अवसरमा तेस्रो माघी खिचडि महोत्सव सम्पन्न भएको हो ।

पर्सागढि नगरमुल समारोह समितीका अध्यक्ष जङ्गबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बयोबृद्द समाजसेबि ब्रम्हदेव महोतो रहेका थिए ।

कार्यक्रमको बिशिस्ट अतिथि प्रदेस सभा सदस्य श्याम प्रसाद पटेलले हरेक जातजाति हरुको धर्म रिति सस्कृतिको सरक्षणको जगेर्ना गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पर्सागढि नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक, उप प्रमुख पुजा चौधरी, पुर्ब नगर प्रमुख लोकनारायण यादब, पुर्ब उपमेयर अर्चना चौधरी, थारु नेता भागवत चौधरी, राजेश्वर चौधरी, मनोज चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा थारु भेसभुसा , झाकि नाच ,झमटा लगायत थारु राष्ट्रिय कलाकार हरुको सास्कृती कार्यक्रम रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य समारोह समितिका सचिब कमल चौधरीले गरेका थिए भने सहजीकरण योगेन्द्र चौधरीले गरेका थिए ।


सम्बन्धित समाचार