Logo

२ माघ, वीरगञ्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको यतीको नाइनएन–एएनसी जहाज हिजो पोखरामा दुर्घटनामा प¥यो । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको जहाज दुर्घटना भएको हो । विमानमा ४ सदस्यीय चालक दलसहित ७२ जना सवार थिए ।
यो नेपालमा दर्ता भएका आन्तरिक विमानतर्फ भएको सबैभन्दा धेरै मानवीय क्षतिको भएको जहाज दुर्घटना हो ।यसअघि गएको जेठ १५ गते बेपत्ता भएको तारा एयरको जहाज जेठ १६ गते मुस्ताङको थासाङ गाउँपालिका– २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

उक्त दुर्घटनामा तीन सदस्यीय चालक दलसहित २२ जनाको निधन भएको थियो ।नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को–पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् ।
२०१८ मा अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो । सो दुर्घटनामा ६ जनाको ज्यान गएको थियो ।
सन् २०१८ मा हुम्लाको सिमीकोटमा मकालु एयरको विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान गएको थियो ।

सन २०१९ मै सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान, धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टर एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको थियो ।

७६ वर्षमा ५६ विमान दुर्घटना, ९ सयभन्दा बढीको मृत्यु

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा ७६ वर्षमा ५६ वटा विमान दुर्घटना भएका छन् । दुर्घटनामा परी अहिलेसम्म ९ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

  • नेपालमा पहिलोपटक सन् १९४६ मे ७ मा हवाइ विमान दुर्घटना भएको थियो । १४ जना सैनिकसहित दुई जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज पहिलोपटक नेपाली आकशमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।
  • सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो ।
  • १९५६ मा इण्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।
  • सन् १९५७ मा इन्डियन एयरलाइन्सको विमान पाट्नेभञ्ज्याङ, टीकाभैरवमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।
  • सन् १९६० मा नेपाल वायुसेवा निगमको विमान भैरहवामा दुघर्टना भयो । उक्त दुर्घटनामा चारजनाको मृत्यु भएको थियो ।
  • सन् १९६२ मा नेपाल वायुसेवा निगमको विमान ढोरपाटनमा दुर्घटना हुँदा १० जनाको मृत्यु भयो ।
  • सन् १९६२ मा पनि नेपाल वायुसेवा निगमको विमान ढोरपाटनमै दुर्घटना भयो । यस दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।
  • सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाँडामा दुर्घटना भएको थियो । यहाँ ३५ जनाको ज्यान गएको थियो ।
  • सन् १९७० मा नेपाल एयरलाइसको विमान दिल्लीमा दुघर्टना हुँदा एकजनाको मृत्यु भएको थियो ।
  • सन् १९७० मा रोयल लाइट जोमसोममा दुघर्टना हुँदा एकजनाको मृत्यु भएको थियो ।
  • सन् १९७२ मा रोयल लाइट विमान धुलिखेलमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु भयो ।
  • सन् १९७५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाँचजनाको मृत्यु भएको थियो ।
  • सन् १९७६ मा नेपाल एयरलाइसको विमान मेघौलीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
  • सन् १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना दुर्घटना भयो । यस दुर्घटनामा ६ जनाको मृत्यु भयो ।
  • सन् १९८१ मा नेपाल एयरलाइसको विमान विराटनगरमा दुघर्टना भएको थियो । यहाँ १० जनाको मृत्यु भएको थियो ।
  • सन् १९८४ मा पनि नेपाल एयरलाइसको विमान भोजपुरमा दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो ।
  • सन् १९८५ मा नेपाल आम सवार विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो ।
  • सन् १९९२ मा थाई एयरको विमान रसुवाको याङफेदमा दुघर्टना हुँदा ११३ जनाको ज्यान गएको थियो ।
  • सन् १९९२ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना भएको थियो । उक्त दुघर्टनामा १६७ जनाको मृत्यु भएको थियो ।
  • सन् १९९२ मा एभरेष्ट एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
  • सन् १९९५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।
  • सन् १९९७ मा कर्णाली एयरको विमान सोलुमा दुर्घटना भयो । यस दुर्घटनामा एकजनाको ज्यान गएको थियो ।
  • सन् १९९८ मा एटएससी लिबनी विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
  • सन् १९९८ मा एसियन एयरको विमान सोलुुखुम्बुमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो ।
  • सन् १९९८ मै नेपाल एयरलाइन्सको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको थियो ।
  • सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो ।
  • सन् १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना भयो । उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको थियो ।
  • सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेल्धुरामा दुर्घटना हुँदा २५ जनाको ज्यान गएको थियो ।
  • सन् २००१ मा फिस्टेल एयरको विमान रारा तालमा खसेर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो ।
  • सन् २००२ मा स्काईलाइनको विमान सुर्खेतमा दुर्घटना हुँदा चारजनाको मृत्यु भयो ।
  • सन् २००२ मा सांग्रिला एयरको विमान कास्कीमा दुर्घटना भएको थियो । यो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।
  • सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भयो ।
  • सन् २००५ मा एयर डाइनास्टिकको विमान रामेछापमा दुर्घटनामा प¥यो । सो दुर्घटनामा तीजनाको मृत्यु भएको थियो ।
  • सन् २००६ मा यती एयरलाइसको विमान जुम्लामा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको थियो ।
  • सन् २००६ मा यती एयरलाइसकै विमान सोलुखुम्बुको लुक्लामा दुर्घटना भयो । यो दुर्घटनामा १९ जनाको मृत्यु भयो ।
  • सन् २०१० मा अग्नि एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।
  • सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना भयो । उक्त दुर्घटना २२ जनाको मृत्यु भएको थियो ।
  • सन् २०११ मा बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।
  • सन् २०१२ मा अग्नि एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।
  • सन् २०१२ मा सीता एअरको विमान भक्तपुरमा दुर्घटना भयो । यो दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।
  • सन् २०१५ मा त्रिभुवन विमानस्थलभित्रै टर्किस एयरलाइन्सको विमान दुर्घटना भयो । तर, मानवीय क्षति भने भएन ।
  • सन् २०१८ मा पनि त्रिभुवन विमानस्थलमै यूएस बंगला एयरलाइन्सको दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको थियो ।
  • सन् २०१८ मा अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भयो । सो दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।
  • सन् २०१८ मै हुम्लाको सिमीकोटमा मकालु एयरको विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।
  • सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको थियो ।
  • सन् २०१९ मा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान र धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको थियो ।
  • सन् २०२२ मा मुस्ताङको थासाङ गाउँपालिका- २ मा तारा एयरको जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तीन सदस्यीय चालक दलसहित २२ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित समाचार