Logo

२ माघ, वीरगञ्ज । घर वा पसलबाट निस्केको फोहोर तोकिएको समय भन्दा अगाडी वा पछाडी सडकमा फ्याँक्न लाग्नु भएको छ ? यदी फ्याँक्नु भएको छ भने ख्याल गर्नुहोला, एक हजार जरिबानामा परिएला ।

सरसफाईको जिम्मा पाएको कम्पनीले बिहान सडक सफा गरेर जम्मा गरेको फोहोर उठाएर लगेको केही समयपछि वीरगञ्जका पसललेहरुले सडकमा फोहोर फ्याक्दै आएका थिए । त्यसले वीरगञ्ज दुर्गन्ध भएको भन्दै सडकमा फोहोर राख्नेलाई वीरगञ्ज महानगरपालिकाले जरिबाना गर्न थालेको छ ।

वीरगञ्ज महानगरपालिकाले तोकिएको समय भन्दा पछाडी सडकमा फोहोर फ्याक्नेलाई कार्वाही गर्न शुरु गरेपछि बजारमा सरसफाई राम्रो देखिएको छ । वीरगञ्ज महानगरपालिकाले सडकपेटी जथाभावी फोहोर फाल्ने एक जनालाई आज पनि कारवाही गरेको हो ।

महानगरले आज लिङरोडमा फोहोर फालेका कारण पप्पु जाटियालाई १ हजार रुपैँया जरिबाना तिराएको हो । महानगरले अनावश्यक रुपमा जथाभावी फोहोर फाल्नेलाई केहिदिनदेखि कारवाही गर्ने अभियान नै चलाएको छ ।

पटकपटक सम्झाँउदा समेत नमानेपछि कारवाही स्वरुप जरिबाना नै तिराउन थालिएको वीरगञ्ज महानगरपालिका सरसफाई तथा वृक्षरोपण शाखा अधिकृत सर्फुर्द्धिन मियाँले जानकारी दिए ।

उता महानगरलाई सफा बनाउने अभियानमा एकजना मात्रले केहि गर्न नसक्ने हुनाले सबै मिलेर हातेमालो गर्दै महानगरलाई स्वच्छ हराभरा बनाउन लाग्नुपर्ने सरसफाई तथा वृक्षरोपण सयोंजक प्रकाश खेतानको भनाई छ ।


सम्बन्धित समाचार