Logo

३ माघ, वीरगञ्ज । सरकारले भारतसँग जीटूजी प्रक्रियाबाट किनेको युरिया मल धमाधम आईरहेको छ । वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौल रेलवे स्टेसनमा एक सातायता दुई रेलवे ¥याकमा ५ हजार १० टन युरिया मल आइसकेको छ ।

कृषि सामाग्री कम्पनीका वीरगन्ज प्रादेशिक कार्यालयमा मल गोदामा राखिएपनि किसानले समयमा पाउन नसकेको गुनासो किसानहरुको छ । अहिले गहुँ खेतीको लागि युरिया मल आवश्यक रहेकोले सहज रुपमा किसानले मल पाउने गरी कृषि सामाग्री कम्पनीले तत्काल बितरण गनुपर्ने बताए किसान संघ पर्साका अध्यक्ष असर्फी साहले बताए ।

पहिलो ¥याकको २ हजार ५ सय १० टन युरिया मल कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले आफ्नो गोदाममा भण्डारण गरिसकेको छ । प्रायः सबै जिल्लाबाट युरिया मलको माग आए कार्यालयले परिचालन भने गर्न सकेको छैन ।

कार्यालय मातहत प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशको समेत गरी डेढ दर्जन जिल्ला कार्यालय छन् । अहिले किसानलाई गहुँ बालीमा छर्न युरिया मलको आवश्यकता छ । मल आइसक्दा पनि किसानको पहुँचमा नपुग्नु दुःखद भएको किसान संघ पर्साका अध्यक्ष साहको भनाई छ ।

जीटूजीबाट आएको २ हजार ५ सय १० र त्यसअघि मौज्दात ९ सय ९५ गरी ३ हजार ५ सय ५ टन युरिया मल मौज्दात रहेको कृषि सामग्री कम्पनीका वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले जानकारी दिए । कम्पनीको केन्द्रीय कार्यालयबाट मल परिचालनको पत्र नपाएकाले समस्या भइरहेको उनको भनाइ छ ।

किसानलाई गहुँबालीका लागि युरिया र उखुबालीका लागि डीएपी मलको आवश्यकता रहेको आलोक कुमारले जनाए । कार्यालयसँग डीएपी मल ५ सय ६५ टन मौज्दात छ ।


सम्बन्धित समाचार