Logo

फाइल फाेटाे

३ माघ, चितवन । विकास निर्माणका काम समयमा सम्पन्न गर्न कर्मचारी संयन्त्रलाई सक्रियरुपमा लाग्न उत्प्रेरणा दिदै आएका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ चितवन आइपुगेका छन ।

उनले सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन ।

चितवनमा निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण तथा विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री श्रेष्ठले सोमबार चितवन आइपुगेका थिए । उनले हिजो साँझ सडक डिभिजन कार्यालयको निरीक्षण गरेका थिए ।

उनले यहाँ सञ्चालित आयोजना छिटोभन्दा छिटो मापदण्ड पालना गरी गुणस्तरसहित सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिए । चितवन देशकै केन्द्र भागमा पर्ने भएकाले यहाँबाट विकास निर्माणलाई तीव्रगतिमा अघि बढाउन उनले निर्देशन दिए । उनले देशभरका योजना समयै सम्पन्न गराउन अनुगमन र निरीक्षण गर्दै हिडेको बताए ।

उपप्रधमन्त्री श्रेष्ठले आज जिल्लाका विभिन्न आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार