Logo

३ माघ, चितवन । मन्त्रालयका सचिव र सडक बिभागका महानिर्देशकसहितको टोली लिएर सडकका विभिन्न आयोजना र बिकासको स्थलगत निरिक्षण गर्न उपत्यका बाहिर निस्किएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश), स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधि, निर्माणसँग सम्बन्धित निकाय र सरोकारवालाबीच भरतपुर महानगरपालिका कार्यालयमा आज छलफल भएको छ।

त्यसक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माडी नगरपालिकाकी मेयर तराकुमारी महतो र अन्य सरोकारवालाको भनाइ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक हस्तक्षेप गरेर गुणात्मक आर्थिक, सामाजिक रुपान्तरण र समृद्धि निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

भरतपुर मेयर दाहालले बसपार्क चोकदेखि देवघाटचोकसम्मको बाइपास निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको, मेघौलीसम्मको बाँकी सडक सम्पन्न गर्न बजेट बिस्तार गर्नुपर्ने, महानगरबाट पश्चिम गोलाघाटमा पुल आवश्यक भएको र माडीठोरी सडकलाई गति दिनुपर्ने धारणा व्यक्त गरेकी थिईन् ।

माडी नगरपालिकाका मेयर ताराकाजी महतोले राष्ट्रिय निकुञ्जबाट निस्कने जनावरका कारण सास्ती भोग्नुपरेको बताएकी थिइन् । चितवन राष्ट्रिय निकुञ्जका निमित्त वार्डेन रमेश तिवारीले विद्यमान कानुनमा टेकेर निकुन्जले सडक र पुल निर्माणमा सहयोग गर्ने बताए ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले अहिले मन्त्रालयले सुझाव संकलन  गरिरहेको र सुझावलाई संस्लेषण गरेर कार्वान्यनमा लैजाने बताए । उनले सरकारको एक तिहाइ बजेट यहि मन्त्रालयमा रहेको र सुशासन, यातायात क्षेत्रको सुधार र भौतिक पुर्वाधारमा भ्रष्टाचार र अनिमियताको अन्त्य गरेर  देशलाई बिकासको गति दिनु छ, उनले भने ।

भौगौलिक महत्त्व र जनसंख्या सबै हिसाबले भरतपुर राष्ट्रिय महत्वको महानगर भएको र यहाँको नेतृत्वका रूपमा रेणु दाहालले बिकासमा नयाँपन दिइरहनुभएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

भरतपुर महानगरपालिकाको लिएको विकास नीतिलाई संघीय सरकारले सहयोग गर्ने धारणा व्यक्त गरेका थिए । उनले निर्माणका क्रममा रहेका तर अपेक्षित गति नपाएर जनताको सास्तिकै रुपमा रहेका आयोजनाले अब गति लिनेछन उनले भने ।

माडीको समस्यालाई मैले नजिकबाट अनुभूति गरेको छु। हामी माडीको बिकासलाई समेत प्राथमिकताका साथ अघि बढाउँछौ मन्त्री श्रेष्ठले भने ।

लगत्तै उपप्रधानमन्त्री श्रेष्ठले ढिलासुस्ती गरिएको गुनासो आएको बसपार्क–देवघाट बाइपास चार कीमी सडकको अनुगमन गरेका थिए । अनुगमनका क्रममा उपस्थित निर्माण व्यवशायीले असारसम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्दता जनाएका छन्। त्यसक्रममा चितवनकै छ लेनको सडक पनि मन्त्री श्रेष्ठले अनुगमन गरेका छन । भरतपुर महानगरका मेयरसहित सडक अनुगममा निस्किएका उपप्रधानमन्त्रीसमक्ष  ६ लेन सडकका निर्माणव्यबसायीले  असारसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छ्न ।

मन्त्री श्रेष्ठ आजै श्री हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागि भएका छन ।राज्यद्वारा बेपत्ता पारिएका योद्धा दन्डपाणी न्यौपाने नाममा स्थापित सो बिद्यालयको ४३ औ बार्सिकोत्सब समाहरोहमा  बोल्दै उनले बेपत्ता योद्धा न्यौपानेको नाममा बिद्यालय नामाकरण गर्न सहयोग गर्ने नेपाल सरकारलाइ पनि धन्यवाद दिए ।

त्यसै गरि उपप्रधानमन्त्री श्रेष्ठले नारायणगढ–बुटवल सडक खण्डका परामर्शदाता र कन्ट्याक्टरलाई भेटी कामलाई गुणस्तरसहित तदारुकताका साथ सम्पन्न गर्न निर्देशन दिने कार्यक्रम समेत छ।


सम्बन्धित समाचार