Logo

३ माघ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । जम्कट्टेललाई १ सय ५ जना सांसदले विश्वासको मत दिएका हुन् ।

जम्कट्टेललाई नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका ११, नेकपा एकीकृत समाजवादीका ७ तथा हाम्रो नेपाली पार्टीका २ जनाले विश्वासको मत दिएका हुन् । आजको मतदान प्रक्रियामा राप्रपा र नेपाली कांग्रेसको १–१ जनाले मतदान प्रक्रियामा भाग लिएनन् ।

७० सांसदको समर्थनसहित गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेललाई विश्वासको मत प्राप्त गर्दा मुख्यमन्त्रीमा समर्थन नगरेको नेपाली कांग्रेसले पनि साथ दिएको हो ।

बागमती प्रदेशमा रहेको नेपाल मजदुर किसान पार्टीले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ । तीन सिट रहेको नेमकिपा अव बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दलको रुपमा रहने भएको छ ।


सम्बन्धित समाचार