Logo

४ माघ, वीरगञ्ज । सरकारले यो वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिक्विन्टल ६ सय १० रुपैयाँका दरले सरकारले उखुको समर्थन मूल्य तोकेको हो।

उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ तोक्ने निर्णय गरेको उपप्रधान तथा अर्थन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। उनले भने, आजको बैठकले उखुको मूल्य प्रतिक्विटल ५४० रुपैयाँ र सरकारले व्यहोर्ने ढुवानी भाडा रु ७० निर्धारण गरेको छ।

सरकारले गत आर्थिक वर्ष ०७८र७९ को लागि प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकेको थियो। पोहोरभन्दा यसपटक प्रतिक्विन्ट २० रुपैयाँ बढाइएको छ।


सम्बन्धित समाचार