Logo

६ माघ, पोखरीया पर्सा । सरकारले क्रसर उद्योग बन्द गरेपछि विकास निर्माणका कार्य प्रभावित भएको छ । गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय, पर्साले जिल्लामा रहेका क्रसर उद्योगहरू बन्द गराएको छ ।

क्रसर उद्योगहरू बन्द भएपछि अहिले विकास निर्माणका कार्य प्रभावित भएका छन् र ढुङ्गा, गिट्टी, बालुवाको मूल्य पनि बढेको छ । ठेकेदार सन्तोष पटेलले ४५ देखि ५० रुपियाँको दरले प्रतिसिएफटी बालुवा बिक्री हुँदै आएकोमा अहिले रु ६० रुपियाँसम्म प्रतिसिएफटी खरिद गर्नु परिरहेको बताए ।

यसैगरी, ५५ रुपियाँ प्रतिसिएफटीमा बिक्री हुँदै आएको गिट्टी अहिले रु ७० पुगेको बताए । यसैगरी, ५५ रुपियाँ प्रतिसिएफटीमा बिक्री भएको ढुङ्गा अहिले ६५ रुपियाँ पुगेको बताए ।

पोखरिया नगरपालिका अर्का ठेकेदार सुरेशप्रसाद कुर्मीले क्रसर उद्योग बन्द भएपछि विकास निर्माणका कार्य प्रभावित भएको बताए । उनले नाला निर्माणको काम ठेक्कामा लिएकोमा बालुवा, ढुङ्गाको दररेट बढ्दा समस्या भएको बताए । उनले तोकिएको समयमा निर्माण सम्पन्न गर्न कठिनाइ भइरहेको र दररेट पनि बढेको कारण ठेक्का घाटामा जान सक्ने बताए ।

पकाहामैनपुर गाउँपालिकाका इन्जिनीयर भोलाप्रसाद कलवारले क्रसर उद्योग बन्द भएपछि गिट्टी, बालुवा, ढुङ्गाको दररेट बढेको र विकास निर्माणका कामले गति लिन नसकेको बताए । पोखरीया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत अशोक रौनियारले यदि समयमा बालुवा गिट्टी ढुंगा नपाए यो बर्षको बिकास निर्माणको रकम फ्रिज हुन सक्ने सम्भावना रहेको बताए । उनले गिट्टी बालुवा को अभावको कारण पालिका को विकास निर्माणका कार्यक्रम सञ्चालनमा कठिनाइ भएको बताए।


सम्बन्धित समाचार