Logo

६ माघ, माडी चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीले माडी नगरपालिका वडा नंं. ९ मा रहेको प्याउलीका ५ घरमा क्षती पु¥याएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेको प्याउलीको सुकुम्बासी वस्तीमा गएराती जंगली हात्ती प्रवेश गरेर स्थानीयवासीको घर भत्काएको र अन्नपात खाइदिएको माडी नगरपालिका वडा नं. ९ का अध्यक्ष घनश्याम दवाडीले बताए ।

स्थानीय राम बहादुर तामाङ, दिल बहादुर थिङ, जगत प्रर्जा, सोम बहादुर भूजेल र धन बहादुर तामाङको कच्ची घर जंगली हात्तीले भत्काएको हो । हात्तीले घर भित्र भएका कपडा, ओढने ओछ्याउने समेत च्यातचुत पारिदिएको जगत प्रर्जाले बताए ।

प्याउलीको सुकुम्बासी बस्तीमा करिव एकसय घर रहेका छन् । निकुञ्जबाट आउने जंगली जनावरले खेतीबाली खाइदिनेगरेको र खेतमा खानेकुरा नभेटेपछि बस्तीमा प्रवेश गरेर घरभित्र राखेको अन्नपात समेत खाइदिने गरेको राम बहादुर तामाङले बताए ।

जंगली जनावरबाट बस्तीलाई जोगाउन र खेतीबालीको सुरक्षाको प्रवन्ध मिलाइदिन स्थानीयले वडा अध्यक्ष दवाडी समक्ष आग्रह गरेका छन् । घटना भएको थाहापाएपछि आफूले पनि घटना स्थलको निरिक्षण गरेको अध्यक्ष दवाडीले बताए ।

जंगली जनावरबाट बस्तीलाई जोगाउन विद्युतीय तारबारको लागि पहल गर्ने अध्यक्ष दवाडीले बताए । माडीको प्याउली बस्तीमा हात्तीले आंतक मच्चाएको खवर थाहापाएपछि पुगेका बागमती प्रदेश सभासदस्य ठाकुर प्रसाद ढकालले हात्तीले क्षतीग्रस्त बनाएको घरको निरिक्षण गरी राहतको लागि प्रदेश सरकारसँग पहल गर्ने आश्वासन दिएको स्थानीयवासीले बताएका छन ।


सम्बन्धित समाचार