Logo

७ माघ, वीरगञ्ज । मधेस विश्वविद्यालयको शाखा सन्चालनका लागि आज बहुदरमाई नगरपालिकामा छलफल भएको छ ।बहुदरमाई नगरपालिका वडा नं २ स्थित पिपरा टोलमा रहेको बहुदरमाई मन्दिर प्रगणमा छलफल भएको हो ।

बहुदरमाई नगरपालिकामा आज बोलाइएको सर्वदलिय बैठकबाट मधेस विश्वविद्यालयको शाखा सन्चालनका २५ देखि ३० बिगाहा क्षेत्रफल रहेको जग्गा उपलब्ध गराउन सहमति भएको मधेश विश्ववद्यालयका उपकुलपति डा दीपक शाक्यले बताए ।

शाक्यले एउटा शाखा सन्चालनका लागि बहुदरमाई नगरपालिका वडा नं २ स्थित पिपरा टोलमा रहेका जग्गा उपयुक्त रहेको वीरगञ्जबाट नजिक रहेको हुँदा चाडैनै प्रकृया पुरा गरि काम अगाडी बढाउने बताए ।

बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन साह तेली को अध्यक्षतामा बोलाइएको सर्वदलिय बैठकबाट मधेस विश्वविद्यालयको शाखा सन्चालनका लागि सहमति भएको वडा नंबर २ अध्यक्ष जितेन्द्र पटेलले बताउनु भयो ।

यस अघि पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं २ स्थित श्रीराम जानकी मन्दिरको जग्गामा मधेस विश्वविद्यालयको एउटा शाखा राख्नु पर्ने माग त्यहाँका युवाहरुले गरेका थिए । सञ्चारकर्मी बिन्दूभुषण साहको अगुवाइमा भएको युवाहरुको भेलाले कट्टी मठकै जग्गामा मधेस विश्वविद्यालयको एउटा शाखा राख्न माग गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको हो ।

मधेस विश्वविद्यालयको शाखा सन्चालनका लागि २५ देखि ३० बिगाहा क्षेत्रफल रहेको जग्गा किन्नु भन्दा श्रीराम जानकी मन्दिरको नाममा रहेको २५ बिगाहामा मधेस विश्वविद्यालय बनाउन उपयुक्त भएको भन्दै युवाहरु जागरुक भएका हुन् ।

पकहामैनपुर र कालिकामाई गाउँपालिका युवाहरुले मधेस विश्ववद्यालयको शाखा राख्न कट्टी मठकै जग्गा राम्रो भएको भन्दै यस क्षेत्रका सांसद राजकुमार गुप्ता , प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री र मधेश विश्ववद्यालयका उपकुलपति डा दीपक शाक्यसँग भेटेर ध्यानाकर्षण गराउने युवाहरुले बताएका छन् ।


सम्बन्धित समाचार