Logo

८ माघ, वीरगञ्ज । सशस्त्र प्रहरी बल नं.१३ गण हेड क्वाटर पर्साले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । २२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा कार्यालयको प्राङगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा ३ जना महिला सहित १ सय १ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रमिता चौधरी, इन्द्रपरी सरार्फ, बबिता पासवान लगायत रहेका राजन श्रीवास्तवले जानकारी दिनुभयो ।

कार्यक्रमको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले उद्धघाटन गर्नुभएको थियो । २२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा गणले सप्ताहव्यापी कार्यक्रम नै संचालन गरिरहेको निमित्त गणपति सशस्त्र प्रहरी नायव उपरिक्षक सन्तोष बस्नेतले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार