Logo

८ माघ, वीरगञ्ज । पर्साको गर्दोल–२ मा गरिब तथा विपन्न परिवारलाई ४० थान कम्बल वितरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नं.३ को आयोजनामा कम्बल वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै सगंठन विभाग प्रमुख किरणमान डंगोलले आफूलाई जनताको सेवा गर्न चुनाव जित्नै पर्ने आवश्यक नरहेको बताउनुभयो । पार्टी अन्र्तगतका मन्त्रालयबाट जनताका गुनासो समाधान गर्न केहि ढिलाई वा लापरवाही भएमा व्यक्तिगत तर्फबाट आफूले समाधान गर्ने केन्द्रिय सदस्य अगंद ठाकुरले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रियाजुल हक मियाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अंगद ठाकुर, पुर्व केन्द्रिय सदस्य नागिना यादब, शान्ति देवी खड्का, मधेस प्रदेश संगठन विभाग प्रमुख किरणमान डंगोल, जिल्ला उपाध्यक्ष अबध किशोर साह, जिल्ला प्रवक्ता शम्भु घिमिरे, राजेस चौहान, चन्द्रीका सहनी लगायतका पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रमको सहजीकरण नागिना यादवले गर्नुभएको थियोे ।


सम्बन्धित समाचार