Logo

१० माघ, वीरगञ्ज । विभिन्न कम्पनीको स्टिकर भएको मोबिल र अन्य सामाग्री सहित प्रहरीले वीरगञ्जको छपकैयाबाट २ जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नंं २ छपकैयामा रहेको समसुन ट्रेडर्सका सञ्चालक सहित म्याद सकिएको स्टिकर हटाएर विक्रीको लागि बजारमा लादै गरेको अवस्थामा मोबिल र प्रिमियम ब्रेक तेल बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले समसुन टे«डर्सका सञ्चालक वीरगञ्ज ३ छपकैया बस्ने बर्ष ३५ को शेष आविद अली र वडा नं. १७ अलौ बस्ने बर्ष २३ को शेष कौशललाई पक्राउ गरेको छ ।

उनीहरुले सञ्चालन गरेको समसुन टे«डर्सको नाउँमा रहेको विभिन्न नाउँ र तौलमा प्याकिङ गरी तयारी अवस्थामा राखिएको एक हजार ५० लिटर मोबिल, २ सय एमएल र एसएनटी प्रिमियम ब्रेक आयल ४५ डिब्बा, ब्याट्रीमा राख्ने पानी २० लिटर, सेतो रंगको पदार्थ प्याकिङ गरि राखिएको एक लिटरको बोत्तल ५५ पिस प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत पर्साबाट एक हप्ताको म्याद थप गरेर कालोबजारी अन्तरगतको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताएका छन् ।


सम्बन्धित समाचार