Logo

११ माघ, काठमाडौं । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका डाक्टर किरण नकर्मीका अनुसार उनको स्वास्थ्य अवस्था क्रिटिकल थियो । शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो । उसको बिहान ५ बजे निधन भयो ।’

इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो ।

आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्।

उनले केही समय आचार्यसँग कुरापनि गरेकी थिइन् ।

डा कार्कीले राज्य, हामी हुँदाहुँदै किन यस्तो गर्नुभयो भन्दा आचार्यले कुरा कसैले सुन्दैन भन्दै दुःखेसो पोखेका थिए ।

राज्यमन्त्री कार्कीले भनेकी थिइन्— हाम्रो नयाँ सरकार बनेको थियो । एकपटक आउनुपर्ने थियो । हामी केही न केही गर्नेथियौँ ।

त्यसपछि आचार्यले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।


सम्बन्धित समाचार