Logo

११ माघ, वीरगञ्ज । वीरगञ्ज भंसार एजेण्ट संघले आज देखि गर्ने भनिएको कलम बन्द कार्यक्रम स्थगित गरेको छ । माथिल्लो निकायबाट भन्सार क्षेत्रमा कुनैपनि प्रकारको अवरोध उत्पन्न नहुने सुचना आएसँगै सो कार्यक्रम स्थागित भएको सघंले आज बिज्ञप्ती जारी गर्दै जनाएको छ ।

निमित्त प्रमुख भंसार प्रशासक राजेन्द्र प्रसाद चुडालले व्यापार सहजीकरणमा कुनै पनि प्रकारको अवरोध नहुने आश्वासन दिएसँगै आजदेखि गर्ने भनि तय भएको सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको वीरगञ्ज भंसार एजेन्ट संघका सहसचिव भानुभक्त अधिकारीले बताए ।

भंसार चेकजाँच भई भिसिटिएस प्रणालीमा इन्ट्री गरी गन्तव्य तर्फ जान लागेका गाडी भंसार यार्ड क्षेत्रबाट घुमुवा प्रहरीले नियन्त्रणमा लिई गालीगलौज गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा लैजाने गरेको उनीहरुको गुनासो छ ।

भंसारबाट जाँचपास भएर छुटेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर दुख दिन थालेको भन्दै उनीहरुले आजदेखि कलम बन्द गर्ने कार्यक्रम तय गरेका थिए


सम्बन्धित समाचार