Logo

११ माघ, काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले संचालन गरेको ”महिला सशक्तिकरणमा(महालक्ष्मी लाईफ” पहिलो चरणको एक महिने कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट ७ सय महिला स्वरोजगार भएको महालक्ष्मी लाईफ इन्स्योरेन्सले जनाएको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते सौराहामा कार्यक्रमको समुदघाटन गरी महिला सशक्तिकरण कार्यक्रमको प्रारम्भ गर्नु भएको थियो ।

पौष ११ गते हिमाली जील्ला रुकुम पश्चिमबाट महिलाहरुको रोजगारी र समृद्धिको नारा सहित तालिम कार्यक्रम संचालन गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले रुकुम पश्चिमबाट संचालन गरेको पहिलो चरणको तालिम कार्यक्रम माघ १० गते लमजुङ र गोरखामा तालिम कार्यक्रम संचालन भए पछि सम्पन्न भएको छ ।

एक महिने “महिला सशक्तिकरणमा(महालक्ष्मी लाईफ” कार्यक्रम अहिले सम्म २१ जिल्लामा संचालन गरिएको छ । एक हजार ७५० भन्दा बढीलाई सहभागी गराइएको उक्त तालिम कार्यक्रम रुकुम पश्चिम, म्याग्दी, दाङ, कंचनपुर, बारा, काठमाण्डौ, भक्तपुर, पर्सा, पर्वत, मकवानपुर, रौतहट,धनुषा, सुनसरी, झापा, चितवन, नवलपुर, रुपन्देही, पाल्पा, तनहुँ, लमजुङ र गोरखामा सम्पन्न भै सकेको छ ।

महिलाहरुको उत्साहप्रद र सक्रिय सहभागिता रहेको उकत कार्यक्रम गएको हप्ता नारायणघाट, कावासोती, बुटबल, र पाल्पामा कार्यक्रम सम्पन्न भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताउनु भयो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ, तालिम विभाग प्रमुख सिताराम धिमाल र बजार प्रबन्धक यमलाल न्यौपानेले तालिम प्रदान गर्नु भएको थियो । त्यसै गरी दमौली, लमजुङ र गोरखामा संचालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले प्रशिक्षण दिनु भएको थियो।

समाजमा पिछडिएका र अवसर नपाएका महिलालाई तालिम दिने, स्वरोजगार हुन प्रोत्साहन गर्ने र आय बृद्धि हुने काममा लगाउने उद्देश्यले उक्त सबै एक महिने कार्यक्रम संचालन गरिएको थियो । पहिलो चरणको निर्धारीत तालिम कार्यक्रम सम्पन्न भैसकेको छ । यो अभियानबाट ७ सय भन्दा बढी महिला स्वरोजगारमा आबद्ध भैसेकेको उहाँले बताउनु भयो ।

फाल्गुन र चैत्र भित्र दोस्रो चरणको कार्यक्रम संचालन गरिनेछ । दोस्रो चरणमा १ हजार महिलाहरुलाई थप स्वरोजगार बनाउने र नियमित आय आर्जनको लागि अभिप्रेरित गर्ने उद्देश्य रहेको छ । स्वरोजगारी र आय आर्जन कार्यक्रमलाई अझै प्रभावकारी बनाउन चैत्र भित्र देशै भरी महिलाहरु संग अन्तक्रिया तथा उत्प्रेरणा प्रदान गर्ने गरी थप कार्यक्रम संचालन गरिने कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक सपना खरेलले बताउनु भयो ।


सम्बन्धित समाचार