Logo

११ माघ, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोहका बीच पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाई समारोह गरेको छ ।

वीरगञ्जमा आयोजित बिदाई समारोहमा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले प्रजिअ ढकालको करिब १५ महिनाको कार्यकालमा पर्सा जिल्लाको शान्ति सुरक्षा, प्रशासनिक एवम् सामाजिक सुधारका कार्यहरु प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले पर्सेलीहरुको अभिभावकको रुपमा रही समग्र जिल्लालाई शान्ति सुरक्षा लगायत विकासका कार्यक्रमहरुमा पनि महत्वपूर्ण योगदान पु¥याउनु भएको कुरा व्यक्त गर्नुभयो । अध्यक्ष डा. गुप्ताले उद्योग वाणिज्य सङ्घ र प्रजिअको सम्बन्ध सदैव प्रगाढ रहने बताउँदै पर्सामा सामाजिक कुरीति र विसंगति न्यूनीकरण गर्नमा खेल्नु भएको भूमिका पर्साबासीमा सधैं अविस्मरणीय रहने कुरामा जोड दिनुभयो ।

बिदाई समारोहमा प्रजिअ ढकालले वीउवासङ्घद्वारा पर्सा जिल्लाको मात्र नभई नेपालकै आर्थिक विकासमा टेवा पु¥याउने गरी खेलेको भूमिका अत्यन्तै सराह्नीय रहेको बताउँदै वीउवासङ्घसँगको सामूहिक सहकार्य तथा सङ्घबाट पाएको सल्लाह, सुझाव, सहयोग एवम् समन्वयले कार्य सम्पादन सहज भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले पर्साको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने प्रति सङ्घबाट नै भएको पहल र सल्लाह सुझावप्रति आपूm सदैव संवेदनशील रहेको विचार व्यक्त गर्नुभयो । प्रजिअ ढकालले कुनै ठूलो कार्यक्रममा कुनै किसिमको आपराधिक गतिविधि हुन नदिन सुरक्षाको लागि आपूm पनि तटस्थ रहेको बताउँदै स्थानीयहरुको समस्या र पिर मर्कालाई पनि गहन रुपमा लिएर अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा सहायक प्रजिअद्वय महेशराज तिमिल्सिना र भीमकान्त पौडेल, प्रहरी उपरीक्षक कोमल शाह, नेपाल उद्योग वाणिज्य महासङ्घ – मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार वैध, वीउवासङ्घ निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, सङ्घका पदाधिकारी, कार्य समितिका सदस्य, उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार