Logo

११ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले गहवा मन्दिर प्रवेश गर्ने सडकमा सवारी साधनमा प्रवेशमा रोक लगाएर तरकारी र फालफूलको व्यापार शुरु गराएपछि मेयरको मन्दिर क्षेत्रको सौन्दर्यकरणको अभियानको असली नियत पर्दाफास भएको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माइस्थान मन्दिरको सौन्दर्यकरणका लागि मन्दिर प्रवेशमा कुनै पनि सवारी साधन लैजान नपाउँने उर्दी जारी गरेपछि विगत ४ महिना देखि माइस्थान क्षेत्रमा बसोबास गर्ने घरधनीहरुले समेत आफ्नो सवारी साधन घरसम्म लैजान पाएका छैनन् ।

मेयर सिंहको निर्देशनमा माइस्थान मन्दिरको सुन्दरता बिग्रने र मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुको सहजताको लागि माइस्थान मन्दिर आसपासको क्षेत्रमा पार्किङ निषेध गर्दै कुनैपनि सवारी साधन लैजान नपाउने गरी चारै तर्फ डिभाइडर राखिएको थियो । महानगरपालिकाले डिभाइडर भित्र साइकल समेत छिर्न नदिने गरी नगरप्रहरी परिचालन गरिएको छ ।

मन्दिरको सौन्दर्यकरणको लागि सवारी साधान छिर्न नदिएको ठाउँमा आज देखि तरकारी, फलफूलको बजार सडक फूटपाथमा राख्न दिइएको छ । समान्य मानिसलाई हिडन नसक्ने गरी सडक फूटपाथमा बजार राख्न दिएपछि माइस्थानका स्थानीय बासिन्दा मेयर राजेशमान सिंहको दोहोरो नीति देखेर आक्रोशित भएका छन् । उनीहरुले मेयर सिंंहको दादागिरी विरुद्ध उच्च अदालत वीरगञ्जमा रिट निवेदन समेत दायर गरेका छन ।

एकातिर मन्दिरको सौन्दर्यकरणको कुरा उठाउने अर्को तिर सार्वजनिक सडकमा जनतालाई आवत जावतमा रोकेर तरकारी र फलफूलको व्यापार गर्न दिनुले मेयरको सौन्दर्यकरण नभई व्यापारीकरणको लागि माइस्थानका जनतालाई बन्दी बनाइएको प्रष्ट भएको स्थानीयवासीको आरोप छ ।


सम्बन्धित समाचार