Logo

१२ माघ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढी सामान लोडगरेको पिकअप गाडी गाडी नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट हेटौडा तर्फ जादै गरेको मधेस प्रदेश ०३(००१ च ६५०० नम्बरको पिकअप गाडीलाई इनर्वा चोक स्थित सडकखण्डमा रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको भन्दै गाडी र त्यसमा लोड भएको कपडा तथा टेन्टका सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीका अनुसार गाडीको मूल्यांकन १० लाख १५ हजार गरी उक्त सामान आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।


सम्बन्धित समाचार