Logo

१२ माघ, वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने बताएका छन । बाराको कलैयामा आज नगर सभा गृहको शिलान्यास गर्दै मुख्य मन्त्री यादवले भ्रष्टाचार विरुद्ध कठोर भएर प्रस्तुत हुने धारणा राखेका हुन ।

भ्रष्टाचार गर्ने जो कोहीलाई पनि अब प्रदेश सरकारले कडा कार्बाही गर्ने मुख्य मन्त्री यादवको भनाई छ । उनले मधेस प्रदेशका सबै जिल्लाहरुको सदरमुकामलाई पहिलो प्राथमिकतामा राखेर बिकासको काम अगाडि बढाईने धारणा राखेका थिए ।

बिकास निर्माण प्रक्रियाकालागी गरिने टेण्डर प्रक्रिया गलत रहेकोे बताउँदै मुख्य मन्त्री यादवले प्रदेश सरकारले बिकास निर्माणको काम समय घटाघटको आधारमा निर्माण गर्नेगरी ऎन ल्याउन लागेको जानकारी गराए ।

करिब पाँच करोडको लागतमा कलैया उपमहानगरपालिकाले वडा नम्बर १ मा नगर सभा गृह निर्माण गर्न लागेको हो । रौतहटको साहु कन्स्ट्रक्सनले २०८० असार मसान्तसम्म नगर सभा गृहको निर्माण सम्पन्न गर्न ठेक्का सकार गरेको हो ।

कलैया नगरपालिकाका मेयर विनोद साहको सभापतित्वमा भएको कार्यक्रममा संघीय सांसद अच्यूत मैनाली, लगायतको उपस्थित रहेको थियो ।


सम्बन्धित समाचार