Logo

१२ माघ, वीरगञ्ज । हेटौडा स्थायी घर भई वीरगञ्जको मुर्लीटोलमा डेरा गरि बस्दै आएकी मन्जु थापाको १४ बर्षको छोरालाइ मस्तिष्क पक्षघात भयो । छोराको रेखदेखमा उनी व्यस्त हुनु प¥यो । छोरालाई बाहिर घुम्न र पढन जाने अवस्था समेत थिए । आशा किरण केन्द्रले व्हीलचेयर दिएपछि उनको दैनिकी फेरिएको छ ।

आशा किरण केन्द्रमा रहेका १४ वर्षीय सफ्रीन थापालाइ युवानेता अरबिन्द सिंह र अमरेस रायले एक थान व्हीलचेयर प्रदान गरेका हुन । सफ्रीनको मेरुदण्ड पक्षघात भएकोले हिलडुल गर्न सक्दैनथे, तर आज आशा किरण केन्द्रले सफ्रीन भित्र एउटा आशा जगाएको आमा मंजुले बताइन ।

अब म आफ्नो बच्चालाई कहि कतै सजिलोसँग बाहिर भित्र गराउन सक्छु उनले भनिन, “मेरो दुख बुझेर सहयोग गर्ने दातालाई ह्दयदेखि धन्दवाद भन्न चाहन्छु ।”

समाजिक संस्था आशा किरण केन्द्रले सुस्त मनस्थिति, मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको दैनिक हेरचार गरेको देखेर विशेष प्रकारका बच्चालाई पनि एउटा शैक्षिक स्थान प्राप्त गराउनको लागि त्यस्ता बालबालिकालाई सहयोग गर्दै आएको छ ।

केन्द्रले सुस्त मनस्थिति, मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको सहज जिवनयापनसँगै उनीहरुको पठनपाठनको क्षेत्रमा काम गर्दै आएको छ ।जसका लागि केन्द्र त्यस्ता बालबालिकालाई निःशूल्क रुपमा व्हीलचेयर प्रदान गर्ने गरेको छ ।

आशा किरण केन्द्रले नै सुस्त मनस्थिति, मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको दैनिक हेरचार गराउने, मनोरन्जन खेलकुदका क्रियाकलाप गराउनेदेखि लिएर पढाईको समेत ब्यवस्था मिलाएको छ । हाल वीरगञ्जमा रहेको सिद्धार्थ माध्यामिक विद्यालयमा यस किसिमका बालबालिकाहरुलाई पढने कक्षा सञ्चालन गरिरहेको छ ।

कक्षामा ३० जना सुस्त मनस्थिति, मस्तिष्क पक्षघात भएका बालबालिकाहरु अध्यनरत रहेका छन । यस किसिमका बच्चाहरुलाई पढाउन व्यस्त छिन शिक्षिका रजनी बर्मा । बच्चाहरुको स्वास्थ्य अवस्थालाई ख्याल राख्दै उनीहरुको रुचि अनुसार पढाउनु पर्ने उनको भनाई छ ।

यसअघि वीरगञ्जमा बिभिन्न समाजिक संस्थाहरुले दिनदुखीहरुको सेवामा काम गर्दै आएको भएपनि सुस्त मनस्थिति, मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको लागि यो क्षेत्रमा काम गर्ने संस्थाको कमि भएको कारण अशक्त बालबालिकाहरुले बाहिर घुम्न र पढन समेत पाएका थिएनन । जसले गर्दा उनीहरु घरको बन्द कोठामा थुनिएर बस्नुपर्ने बाध्यता थियो ।

यस्तो समस्यामा परेका बालबालिकाको समस्यालाई मध्यनजर गर्दै आशाकिरण केन्द्रले सुस्त मनस्थिति, मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको लागि व्हीलचेयर बितरण गरेर उनीहरुको जनजिवन सहज बनाउने प्रयास गरेको केन्द्रका सचिव राजन श्रीवास्तव बताउछन् ।

सुस्त मनस्थिति, मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको निःशुल्क रुपमा देशभरी काम गर्नको लागि आशा किरण केन्द्र लागेको केन्द्रका अध्यक्ष सुनिल गुप्ता बताउँछन । उनले यस्ता बालबालिकाको लागि व्हीलचेयर बितरण गरेपछि उनीहरुको दैनिक जिवन सहज हुनुका साथै अभिभावकहरुलाई समेत रेखदेखमा सहज हुदै आएको बताए ।

समाजमा रहेको गरिब दिनदुखी, बिरामीहरुको लागि बिभिन्न समाजिक संघसंस्थाहरु क्रियाशिल रहेका छन । सुस्त मनस्थिति, मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको दैनिक जिवन सुधारमा आशाकिरण केन्द्रले गरिरहेको काम सराहनीय रहेको नेकपा एमालेका केन्द्रीय सदस्य एंव सामाजिक अभियन्ता अरविन्द सिंहको भनाई छ ।

आशा किरण केन्द्रले सुस्त मनस्थिति, मस्तिष्क पक्षघात बालबालिकाहरुको दैनिक हेरचार गरेको देखेर विशेष प्रकारका बच्चालाई पनि एउटा शैक्षिक स्थान प्राप्त भएको छ सिंहले भने “हाम्रो तर्फबाट यस संस्थालाई नियमित सहयोग हुने छ ।”


सम्बन्धित समाचार