Logo

१३ माघ, वीरगञ्ज । पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परी मृत्यु भएका पत्रकार त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा वीरगञ्जमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

उनीहरुको मृत्यु भएको १३ औं दिनको पुण्य तिथिमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवनमा आयोजित श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुलाई उनीहरुको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् ।

उनीहरुले उर्जाशील पत्रकारद्वयको निधनले पत्रकारिता जगत नै शोकमा डुबेको समेत बताए । श्रद्धाञ्जली सभामा प्रेस सेन्टर नेपालका उपाध्यक्ष गोविद देवकोटा, नेपाल पत्रकार महासघंका सचिव दिपेन्द्र चौहान र केन्द्रिय सदस्य केसि लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले पत्रकारिता जगतमा त्रिभुवन र अनिलले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

त्रिभुवन प्रेस सेन्टर नेपालको उपाध्यक्ष र गण्डकी प्रदेशको इन्चार्ज थिए । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको संचालन सेन्टरका सचिव शिवनाथ यादवले गरेका थिए ।

कार्यक्रममा प्रेस युनियनका सचिव अशोक तिवारी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे र जगत राई, प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार