Logo

१३ माघ, वीरगञ्ज । ६० लाख बराबरको स्वास्थ सामाग्री र उपकरणहरु प्राप्त प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले शुक्रबार ६० लाख बराबरको स्वास्थ सामाग्री र उपकरणहरु पर्साको बिन्दबासिनी गाउँपालिकालाई उपलब्ध गराएको छ ।

बिन्दबासिनी गाउँपालीकामा रहेका स्वास्थ्य चौकीमा प्रयोग शाला स्थापनाको लागि गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीको पहलमा सो सामाग्री उपलब्ध गराएको प्रमुख प्रशाकिय अधिकृत राजु साहले बताएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोग शाला जनकपुरधामबार सामाग्री बुझन बिन्दबासिनी गाउँपालीकाका अध्यक्ष तिवारीको नेतृत्वमा प्रमुख प्राशाकिय अधिकृत राजु साह, गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेश चौहान, कृषि शाखा प्रमुख रवीन्द्रनाथ तिवारी लगायत जनकपुरधाम पुगेका थिए ।

स्वास्थ सामाग्री र उपकरणहरु आफ्नो पालिकामा प्राप्त भएको खबरले स्थानियमा खुशिको माहोल भएको छ ।


सम्बन्धित समाचार