Logo

१५ माघ, वीरगञ्ज । सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि पूर्व गृह मन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा लिएर जिल्ला प्रशानसन कार्यालय काठमाडौं पुगेका छन् । उनले पुन नागरिकता लिने गरि निवेदन दिएका छन ।

अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् र सरकारबाट बहिर्गमन भएका लामिछाने सिडिओ कार्यालय पुगेका हुन् ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउनेवित्तिकै उनको पुन नागरिकता प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।

रवि आउनुअगावै काठमाडौं प्रशासन परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । प्रहरीको समेत बाक्लो उपस्थिति छ ।

लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय गरेको थिएन । उनले दोब्बर मतान्तरमा चुनाव जितेका थिए ।

पुन नेपाली नागरिकता लिएर रवि फेरि उपचुनाव लड्ने चर्चा बढेको छ ।


सम्बन्धित समाचार