Logo

१५ माघ, वीरगञ्ज । उपकार सेवा नेपालले बारा पर्साका ५४ जना अपाङ्गता भएका मानिसहरुलाई व्हीलचियर वितरण गरेको छ ।

उपकार सेवा नेपालकी अध्यक्ष विद्या सरावगीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी बाबुलाल अग्रवाल, सामाजिक अभियन्ता प्रकाश थारु, ओमप्रकाश सरार्फ, अनिशकान्त कुशवाहा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम संस्थाकी अध्यक्ष विद्या सरावगीले विभिन्न कारणले अप्ठारोमा परेका मानिसलाई व्हीलचेयरको माध्यमले हिडडुल गर्न सहज होस भन्ने उदेश्यले यो कार्यक्रमको अयोजना गरिएको बताई ।

वीरगञ्जको आर्दशनगरस्थित जैन धर्मशालामा उनीहरुलाई व्हिल चियर वितरण गरिएको हो । धेरै दिनको प्रयासपछि वास्तविक सहयोगापेक्षीलाई सो सामान वितरण गर्न सफल भएको सामाजिक अभियन्ता ओमप्रकाश सरार्फले जानकारी दिए ।


सम्बन्धित समाचार